Kathmandu Press

हेटौडा अस्पताल विवाद : पक्राउ गरिएकालाई रिहा गरिने

हिरासतमा रहेका ६ जनाले नै हेटौंडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन्।
हेटौडा अस्पताल विवाद : पक्राउ गरिएकालाई रिहा गरिने

मकवानपुर, वैशाख ५ : मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले विहीबार पक्राउ गरिएकालाई तत्काल रिहा गर्ने आश्वासन दिएकी छन्। 

प्रदर्शनकारीले जिल्ला प्रशासन(सिडियो)कार्यालय घेराउका लागि अघि बढ्दै गर्दा मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्का र प्रजीअ श्रेष्ठको निर्देशनमा पक्राउ गरेकालाई छाड्ने आश्वासन पाएको आन्दोलनकारीहरुले बताएका छन्।

Hardik ivf

हेटौडा अस्पतालको बोर्डमा केरमेट गरेको घटनामा संलग्न रहेको भन्दै विहीबार प्रहरीले छ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। हेटौंडा अस्पताल र मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच विवाद चर्किदै आएको छ।  

Photo-(2)-(3)-1744980017.jpg
 

प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ति युवाहरु हिरासत भित्रै अनसन बसेका थिए। 

हिरासतमा रहेका ६ जनाले नै हेटौंडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन्। नेपाल तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरबासीको भएकाले हिरासतकक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए।  

Photo-(16)-1744980016.jpg
 

सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरुलाई अन्तिम समयमा नियन्त्रणमा लिइएको थियो । २०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पताल संचालन गर्ने निर्णय भएको थियो। 
 

प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, वैशाख ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्