Kathmandu Press

हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो

हेटौंडा अस्पताल सुधारका लागि पटक–पटक ध्यानाकर्षण पत्र बुझाएका अभियन्ताहरुको माग सुनुवाई नभएको भन्दै गत बुधवार हेटौंडाका अभियन्ताहरुले प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडा अस्पतालको बोर्ड राखेपछि विवाद चर्किएको थियो।
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो

मकवानपुर, वैशाख ५ : मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल छुट्टाछुट्टै हुनु पर्ने मागसहित हेटौंडाबासीले चरणबद्ध रुपमा आन्दोलन तथा हस्ताक्षर संकलन गर्दै आएका थिए। 

हेटौंडा अस्पताल सुधारका लागि पटक–पटक ध्यानाकर्षण पत्र बुझाएका अभियन्ताहरुको माग सुनुवाई नभएको भन्दै गत बुधवार हेटौंडाका अभियन्ताहरुले प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडा अस्पतालको बोर्ड राखेपछि विवाद चर्किएको थियो।

Hardik ivf

विवाद चर्किएपछि बोर्ड परिवर्तन गर्नेलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई निर्देशन दिएको र प्रहरीले बिभिन्न राजनीतिका दलका नेतालाई समन्वय गरिरहेको बुझिएको छ।

तर प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ति युवाहरु हिरासत भित्रै अनसन बसेका छन्। 

Photo-(7)-1744971478.jpeg
 

हिरासतमा रहेका ६ जनाले नै हेटौंडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन्। नेपाल तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरबासीको भएकाले हिरासतकक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए।  

सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरुलाई अन्तिम समयमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा राखेको बताइएको छ। प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिसकेका छन्। 


 

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, वैशाख ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्