Kathmandu Press

वीरगञ्जको निषेधाज्ञा हट्यो 

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाइएको हाे।
वीरगञ्जको निषेधाज्ञा हट्यो 

पर्सा, वैशाख ५ : वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाइएको छ। 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार साँझ  बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो। 

सोही अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाइएको प्रशासनले जारी गरेको सूचना उल्लेख छ।

पछिल्लो समय सहरमा शान्ति र स्थिरता कायम भएको मूल्यांकन गर्दै प्रशासनले निषेधाज्ञा पूर्ण रूपमा हटाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। 

उनका अनुसार वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएकाले  सबै समुदायलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको दुई सामुदायिकबिचको झडपपछि वैशाख १ गतेदेखि वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो।
वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएपछि जनजीवन सामान्य बन्दै गएको छ।
 

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, वैशाख ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्