Kathmandu Press

३ पत्रकारले बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार पाउने

सम्मानित हुने पत्रकारहरु पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपती अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाश चन्द्र भट्टराई र जनचाहना खबरका सानेबाहादुर नेपाली छन्। 
३ पत्रकारले बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार पाउने

काठमाडौं, वैशाख ५ : बन्दीपुर केवलकारले तीन पत्रकारलाई उद्यमशील पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । 

कम्पनीका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले नियमित मापदण्ड अनुरुप तीन जना पत्रकारहरु छनोट गरी संचालक समिति समक्ष सिफारिस गरेको हो।

सम्मानित हुने पत्रकारहरु पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपती अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाश चन्द्र भट्टराई र जनचाहना खबरका सानेबाहादुर नेपाली छन्। 

उनीहरुलाई जनही रु ५१ हजारसहित बैशाख ६ गते हुने चौथो साधारण सभाको अवसरमा सम्मान र पुरष्कृत गरिनेछ।

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा संचालित र निर्माणाधीन बन्दीपुर केवलकार एंड टुरिज्म लिमिटेडले पत्रकारलाई सामाजिक शसक्तिकरणको लागि उद्यमशिलता प्रवर्द्धन गर्न पुस्कार स्थापना गरेकाे हाे।

प्रकाशित मिति: ०८:३८ बजे, शुक्रबार, वैशाख ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्