Kathmandu Press

नारायणी नदीमा बेपत्ता दुई बालकको शव भेटियो

बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो।
नारायणी नदीमा बेपत्ता दुई बालकको शव भेटियो

नवलपरासी, वैशाख ४ : नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।

साथीहरूसँग मंगलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई  बालक डुबेर बेपत्ता भएका थिए। बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो।

मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताए। मध्यविन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो।  

पाँच जना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ गएकामा दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। मृतक बालकहरु दाजु–भाइका छोराहरू भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०:४१ बजे, बिहीबार, वैशाख ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्