कांग्रेस जिल्ला सभापतिहरुले भने, ‘महासमितिको म्याण्डेट अनुसार विधान संशोधन गर’
काठमाडौं, फागुन २१ : कांग्रेस जिल्ला सभापतिहरूले यसअघिको महासमिमिति बैठकको म्याण्डेट अनुसार केन्द्रीय कार्यसमितिका सदस्य पनि गाउँ तहबाटै प्रतिनिधि चयन....

काठमाडौं, फागुन २१ : कांग्रेस जिल्ला सभापतिहरूले यसअघिको महासमिमिति बैठकको म्याण्डेट अनुसार केन्द्रीय कार्यसमितिका सदस्य पनि गाउँ तहबाटै प्रतिनिधि चयन भएर आउनु पर्ने प्रावधान कायम गराउन माग गरेका छन् ।
महासमिति बैठकबाट पारित भएको विधानको उक्त प्रावधान केन्द्रीय समितिबाट उल्ट्याएको भन्दै जिल्ला सभापतिहरूले निर्णय नसच्याए विशेष महाधिवेशनको माग गर्ने चेतावनी दिएका हुन्।
जिल्ला सभापतिहरूले मंगलबार विज्ञप्ति जारी गर्दै महासमिति बैठकबाट सर्वसम्मत पारित भएको विधान केन्द्रीय समितिले उल्ट्याउनु हास्यास्पद भएको बताएका छन् ।
केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन तलैबाट निर्वाचि भएर आउनुपर्ने र समानुपातिकमा एकपटकभन्दा बढी एकै व्यक्तिले अवसर पाउन नहुने उनीहरूको माग थियो।
उक्त मागमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रतिबद्धता जनाएका थिए।











