Kathmandu Press

२ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित चालक पक्राउ 

मरिनबाट लालबन्दीतर्फ आउँदै गरेका बा२०च १७८२ नम्वरको बोलेरो पिकअप भ्यानलाई लालबन्दी नगरपालिका वडा नम्वर १३ पत्थरकोटमा चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद भएको सर्लाही प्रहरीले जानकारी दिएको छ। 
२ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित चालक पक्राउ 

सर्लाही, वैशाख ४ : सर्लाही प्रहरीले २ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ।

मरिनबाट लालबन्दीतर्फ आउँदै गरेका बा२०च १७८२ नम्वरको बोलेरो पिकअप भ्यानलाई लालबन्दी नगरपालिका वडा नम्वर १३ पत्थरकोटमा चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद भएको सर्लाही प्रहरीले जानकारी दिएको छ। 

लालबन्दी नगरपालिका वडा नम्वर १ नबलपुर बस्ने २५ बर्षीय पिकअप भ्यानका चालक सुशिल चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले बताए।

उनका अनुसार धानको भुस्साको बोरा मुनी रातो प्लाष्टिकले प्याक गरिएका ४५ पोका लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला परेको हो। 

पक्राउ परेका चौधरीसँग लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गाँजा लोड भएको गाडी प्रहरीकै नियन्त्रणमा रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।
 
प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, वैशाख ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्