Kathmandu Press

न्यूजिल्यान्डमा हाललाई कोरोना भाइरस उन्मूलन

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले देशमा हाललाई कोरोना भाइरस उन्मूलन भएको घोषणा गरेकी छिन्। 

सोमबारसम्म कोभिड १९ संक्रमित पाँच जना मात्....

न्यूजिल्यान्डमा हाललाई कोरोना भाइरस उन्मूलन

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले देशमा हाललाई कोरोना भाइरस उन्मूलन भएको घोषणा गरेकी छिन्। 

सोमबारसम्म कोभिड १९ संक्रमित पाँच जना मात्रै भेटिए। समुदायस्तरमा रोगले व्यापकता पाएको छैन। महामारीको दुर्दान्त परिस्थितीबाट देश अहिलेसम्म टाढे रहेको र संक्रमितको संख्या पत्ता लगाउन निरन्तर लागिरहने आर्डेनले बताइन्।

बन्दाबन्दी खुकुलो

Hardik ivf

सोमबार मध्यरातदेखि निर्माण क्षेत्रजस्ता केही व्यवसाय खोल्न दिइनेछ। सामाजिक दूरीको नियम भने लागु हुनेछ।

“हामी अर्थतन्त्र खोल्दै छौं, जनताको सामाजिक जीवन होइन,” सरकारको दैनिक ब्रिफिङमा आर्डेनले बताइन्। स्वास्थ्य महानिर्देशक एश्ली ब्लुमफिल्डले पछिल्ला दिनमा नयाँ संक्रमितको न्युन संख्याले रोग उन्मूलन गर्ने लक्ष्य पूरा भएको विश्वास नभएको बताए।

उन्मूलन भनेको नयाँ संक्रमित नहुनु भन्ने नभएर संक्रमणको श्रोत थाहा हुनु भएको उनले बताए। न्यूजिल्यान्डमा व्यापक सामुदायिक संक्रमण पहिचान नभएको बताउँदै आर्डेनले भनिन्,“हामीले युद्ध जित्यौं।”

दक्षिण कोरिया

यसैबीच, संक्रमितको संख्या घट्दै गएपछि दक्षिण कोरियाले विद्यालय खोल्ने विचार गरिरहेको छ। अधिकारीहरूले सोमबारसम्म दश जना नयाँ संक्रमित भेटिएको बताएका छन्। संक्रमितको संख्या दोहोरो अंकमा भेटिएको यो २६औं दिन हो।

परीक्षण र क्वारेन्टिन कार्यक्रमको सक्रिय प्रयोग गरेर दक्षिण कोरियाले बन्दाबन्दी वा व्यवसाय निषेध नगरि अहिलेसम्म महामारी फैलिनबाट रोकेको छ। तर विद्यालयहरू बन्द गरिएका छन् र दुर शिक्षा कार्यक्रम लागु गरिएको छ।

प्रधानमन्त्री चुङ स्ये क्युनले शिक्षा अधिकारीद्याई विद्यालयमा स्वस्थ्य वातावरण र विद्यार्थीबीच सामाजिक दूरी कायम भएको सुनिश्चित गर्न निर्देशन दिएका छन्। सरकारले मेको प्रारम्भमा विद्यालय खोल्नेबारे घोषणा गर्नसक्छ।

चिनियाँ अधिकारीले सोमबारसम्म तीन जना नयाँ संक्रमित भेटिएको जनाएका छन्। कोभिड १९ सम्बन्धी मृत्यु नभएको १२ दिन पुगेको पनि उनीहरूले बताएका छन्। कोरोनाभाइरस महाव्याधि चीनबाट सुरू भएको हो। संक्रमित ७२३ जना अझै पनि अस्पतालमा छन्। एक हजारलाई आइसोलेसनमा राखिएको छ।

चीनमा ८२,८३० संक्रमितमध्ये ४,६३३ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: ०६:५८ बजे, सोमबार, वैशाख २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्