Kathmandu Press

महिला संघका २० केन्द्रीय सदस्यले सभापति देउवा समक्ष बुझाए राजिनामा 

राजिनामा बुझाउने महिला संघ केन्द्रीय सदस्यहरु नेता शेखर कोइराला–गगन थापा समुहका हुन्। 
महिला संघका २० केन्द्रीय सदस्यले सभापति देउवा समक्ष बुझाए राजिनामा 

काठमाडौं, वैशाख ३ : नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले नेपाली कांग्रेसका  सभापती शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएका छन्।

राजिनामा बुझाउने महिला संघ केन्द्रीय सदस्यहरु नेता शेखर कोइराला–गगन थापा समुहका हुन्। 

राजिनामा पत्रमा महिला संघले गति लिन नसकेको बताउँदै संघकी अध्यक्ष उषा राउत मिश्रमाथि आरोप लगाएका छन्। 

विधान बमोजिम कार्यक्रम अघि बढाउन नसकेको, वैठक बसेर संगठनका क्रियाकलापहरु अघि बढाउन अध्यक्ष मिश्रलाई भनेपनि सुनवाई र पहल नगरेका कारण आफूहरूले सामुहिक राजिनामा दिएको सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा जनाइएको छ। 

प्रकाशित मिति: १६:१७ बजे, बुधबार, वैशाख ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्