Kathmandu Press

बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख अहिराजमाथि प्रहरी अनुसन्धान

बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख अहिराजमाथि प्रहरी अनुसन्धान

काठमाडौं, वैशाख ३ : बालिका बलात्कारको आरोपमा परेको एक उजुरीका आधारमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) माथि प्रहरीले अनुसन्धान थालेको छ। 

नेपाल प्रहरीको काठमाडौं परिसरस्थित महिला सेलले उनीमाथि लागेको आरोपउपर अनुसन्धान गरिरहेको छ। 

केपी ओली नेतृत्वको सरकारले अघिल्लो प्रधानमन्त्रीत्व कालमा अहिराजलाई मधेश प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो। 

अहिराजविरुद्ध बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेको थियो । प्रहरी अनुसन्धान शुरु भई घटनाबारे बुझ्ने काम भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १६:११ बजे, बुधबार, वैशाख ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्