Kathmandu Press

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङमाथि ९ विकेटको जित

बुधबार मलापनी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङमाथि ९ विकेटको सानदार जित निकाल्यो।
यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङमाथि ९ विकेटको जित

काठमाडाैं, वैशाख ३ : यू-१९ विश्वकपको एसिया छनोटमा घरेलु टोली नेपालले लागातार तेस्रो जित निकालेको छ। बुधबार मलापनी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङमाथि ९ विकेटको सानदार जित निकाल्यो।

यसअघिका भएका दुई खेलमा नेपालले युएईमाथि ५ रन र ओमानमाथि ८ विकेटको जित निकालेको थियो।

Hardik ivf

हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि साहिल पटेलले ४१ बलमा ८ चौका मद्दतमा ४२ रन बनाउँदा कप्तान नरेन भट्टले ३९ र निरजकुमार यादवले २३ रन बनाए। बलिङमा हङकङका शयन पुरीले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको हङकङ नेपाली स्पिनरले घातक बलिङ गरेपछि ४६.२ ओभरमा ११५ रनमै अलआउट भयो। उसका लागि शिव माथुरले अर्धशतक बनाए। उनले ११६ बलमा ४ चौका र छक्का प्रहार गरे। तर, अनयले भने गतिलो योगदान दिन सकेनन्।

हङकङको इनिङ धरासायी बनाउने क्रममा युवराज खत्रीले १० ओभरमा १८ रन मात्र खर्चेर ४ विकेट लिए भने विपिन शर्माले ६.२ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। सन्तोष यादवले पनि २ किवेट लिए। 

अब नेपालले लिगको अन्ति खेलमा शनिबार अफगानिस्तानसँग खल्ने छ। 

प्रकाशित मिति: १५:०० बजे, बुधबार, वैशाख ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्