Kathmandu Press

वीरगन्जमा बिहानैदेखि प्रदर्शन, सुरक्षा व्यवस्था कडा

वीरगञ्जको परवानीपुर, प्रतिमा चोक, घडिअर्वा चोक, नेसनल ट्रेडिङ चोकसहित विभिन्न स्थानमा प्रदर्शन गरिएको हो। 
वीरगन्जमा बिहानैदेखि प्रदर्शन, सुरक्षा व्यवस्था कडा
हनुमानजयन्तीको शोभायात्राका क्रममा शनिबार वीरगञ्जमा भएकाे झडप । फाइल तस्बिर

पर्सा, वैशाख ३ : वीरगन्जमा कडा सुरक्षाबीच स्थानीयले बुधबार बिहानदेखि प्रदर्शन जारी राखेका छन्। 

वीरगञ्जको परवानीपुर, प्रतिमा चोक, घडिअर्वा चोक, नेसनल ट्रेडिङ चोकसहित विभिन्न स्थानमा प्रदर्शन गरिएको हो। 

Hardik ivf

शनिबार हनुमानजयन्तीको शोभायात्राका क्रममा धार्मिक सद्भाव बिथोल्ने र तोडफोडको आरोपमा मंगलबार पर्सा प्रहरीले चारजनालाई पक्राउ गरेको थियो। त्यस्को विरोधमा प्रदर्शन भइरहेको हो। 

पक्राउको रिहाइको माग गर्दै टायर बालेर प्रदर्शन गरिएको हो। 

वीरगञ्ज प्रहरीले सुरक्षालाई कडा बनाएको छ। निषेधाज्ञावस्च पनि बुधबार पनि लगातार प्रदर्शन चलिरहेको छ ।

यसैबीच बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयले प्रदर्शनकारी युवाका अगुवाहरूसँग छलफल सुरु गरे पनि सहमती जुट्न सकेको छैन । 

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, वैशाख ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्