Kathmandu Press

माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित

कलेजमा बिएएसडब्लु संकायमा अध्ययनरत विद्यार्थीहरूको हक हितका लागि सगठित संस्था जीपी केएमसी स्टुडेन्ट वेलफेयर क्लवले चार दिनको समयावधि सहित आइतबार विज्ञप्ति निकालेर आपत्ति प्रकट गरेका हुन्।
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित

काठमाडौं, वैशाख २ : जीपी कोइराला मेमोरियल (सामुदायिक) कलेजमा भएका अनियमितताको सन्दर्भमा छानबिनको लागि दिएको मागहरूको सम्बोधन नभएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन्।

कलेजमा बिएएसडब्लु संकायमा अध्ययनरत विद्यार्थीहरूको हक हितका लागि सगठित संस्था जीपी केएमसी स्टुडेन्ट वेलफेयर क्लवले चार दिनको समयावधि सहित आइतबार विज्ञप्ति निकालेर आपत्ति प्रकट गरेका हुन्।

विज्ञप्ति अनुसार मिति २०८१/०५/२२ गते कलेजमा अध्यनरत बिए एस डब्लुका सम्पूर्ण विद्यार्थीहरूको हस्ताक्षर सहित बुझाइएको ६ बुँदे लिखित मागपत्रको सन्दर्भमा कुनै पनि सम्बोधन नभएको बताइएको छ।

कुनै पनि बुँदामा स्पष्ट सम्बोधन नभएको र यो गम्भीर समस्या भएकाले विद्यार्थीहरुको कल्याणको पक्षमा नरहेको साथै माग सम्बोधन नहुनु वा गर्न नचाहनु अत्यन्त निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विद्यार्थीहरूले निरन्तर रुपमा माग सम्बोधनको लागि दबाब दिँदा पनि कलेज प्रमुख जस्तो महत्त्वपूर्ण व्यक्तिले भोलिवाद  प्रवृत्ति प्रस्तुत गर्नु अत्यन्त दुखद रहेको र विज्ञप्ति निकालेको ४ दिनभित्र मागहरू सम्बोधन तथा सोही मितिबाट पूर्ण रुपमा कार्यान्वयन गर्न अनुरोध सहित विज्ञप्तिमा भनिएको छ।  

विज्ञप्तिको बेवास्ता गरिएको खण्डमा विद्यार्थीहरू थप रचनात्मक विरोधका कार्यक्रमहरु ल्याउने उल्लेख गरिएको छ। विद्यार्थीहरू सकारात्मक संवाद र वार्ताको लागि  हर–बखत तयार बताएका छन्।  

 

प्रकाशित मिति: १९:३६ बजे, मंगलबार, वैशाख २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्