Kathmandu Press

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित

प्रतियोतिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले सोमबार भएको खेलमा ओमानमाथि  ८ विकेटको जित निकाल्यो। 
यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडाैं, वैशाख १ : घरेलु मैदानमा जारी आईसिसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लागतार दोस्रो जित निकालेको छ। प्रतियोतिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले सोमबार भएको खेलमा ओमानमाथि  ८ विकेटको जित निकाल्यो। 

पहिला ब्याटिङ गर्दै ओमानले दिउको ११८ रनको सामान्य लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि निरजकुमार यादवले ३१ बलमा ५ चौका र २ छक्का मद्दतमा सर्वाधिक ४६ रन बनाउँदा साहिल पटेलले ४२ बलमा ३ चौका र १ छक्का मद्दतमा ४४ रन बनाए। 

Hardik ivf

यी दुईले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएक थिए। यस्तै, कप्तान नरेन भट्टले १२ र सन्तोष यादवले १० रन बनाए। 

बलिङमा ओमानका लागि दुवै विकेट सौम्य भविन पम्पतले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको ओमान युवराज खत्रीको घातक बलिङसामू ३८ ओभरमा ११७ रनमै अलआउट भयो। उसकाजीत व्रजेश साहले अर्धशतक बनाए । उनले ७८ बलमा ६ चौकासहित ५२ रन बनाए। उनीबाहेक सिद्धार्थ सोम्या शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

ओमानको इनिङ धरासायी बनाउने क्रममा युवराजले ७ ओभरमा १५ रनमात्र दिएर ५ विकेट लिए। यस्तै, सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १–१ विकेट लिए।

पहिलो खेलमा नेपालले युएईमाथि डिएल मेथर्डमा ५ रनको जित निकालेको थियो। अब नेपालले तेस्रो खेल बुधबार हङकङसँग खेल्ने छ। 

प्रकाशित मिति: १५:३५ बजे, सोमबार, वैशाख १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्