Kathmandu Press

तुलसी घिमिरेको ‘पहाड’ कात्तिक ७मा आउने 

फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ। नयाँ वर्षको अवसरमा पहाडको प्रदर्शन मिति घोषणा गरिएको हो।
तुलसी घिमिरेको ‘पहाड’ कात्तिक ७मा आउने 

काठमाडौं, वैशाख १ : निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘पहाड’ को कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। 

फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ। नयाँ वर्षको अवसरमा पहाडको प्रदर्शन मिति घोषणा गरिएको हो।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए। 

गोरखामा ३६ दिन छायाङ्कन भएको फिल्म अब मुम्बईमा १० दिन छायाँकन हुनेछ। 

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय छ। 

यही फिल्ममार्फत् पञ्चमी घिमिरेले फिल्ममा डेब्यू गरेकी छिन्। उनी निर्देशक घिमिरेकी कान्छी छोरी हुन्। फिल्ममा उनकै जेठी छोरी भावना प्रोडक्सन डिजाइनरको रुपमा छिन्।

यसमा रञ्जित गजमेर सङगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । 

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, वैशाख १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्