गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य [तस्बिरहरू]
ब्याण्ड मञ्चमा उभिनासाथ ‘कोशीको पानी’बाट सुरुभएको गीतहरुको क्रम त्यसपछि लगातार मध्यम र धिमा गतिका लोकरक सिर्जनाहरुबाट अघि बढ्दै गयो।![गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/05-Nepathya-concert-in-Gorkarneshwor.-Photo---Dipit-Raz-1744542463.jpg)
काठमाडौं, चैत ३१ : पश्चिमी भेगमा सुरुभएको वर्षालाई हावाहुरीले बगाउँदै ल्याइदिएपछि शनिबार सबेरैदेखि एकाएक काठमाडौं उपत्यका अँध्यारो बन्न पुग्यो।
त्यसपछिको लगातार झरीले खुला आकाशमुनी तयार पारिएको नेपथ्यको मञ्च र त्यहाँ भित्रका विद्युतीय संयन्त्रलाई जोगाउने चुनौती थपियो। अब, साँझको कन्सर्ट के होला ? यो चिन्ता र चाँसो कै बीच बेलुकीको ओभानोमा गोकर्णेश्वर कन्सर्ट निर्धारित समयमै सुरु भएर भब्य रुपमा सम्पन्न भएको छ।
अष्ट्रेलियाको एक महिना लामो यात्रा सकेर अनि सिड्नीमा साँढे पाँच हजार दर्शक अटाउने हलको सम्पूर्ण टिकट ‘सोल्ड आउट’ भएपछि त्यसै हलमा फेरि भरिएका दर्शकहरुमाझ दोश्रो शो गरेर फर्केको नेपथ्य यसरी मौसमी प्रतिकूलताकै बीच पनि स्वदेशका दर्शकहरु माझ उत्तिकै बलियो उपस्थिती दर्शाउन सफल भएको छ।
अनलाइन र स्थानीय टिकट बुथबाट अग्रिम टिकट काटेका दर्शकको उपस्थितीलाई मध्यनजर गर्दै शनिबारको कन्सर्ट सुरुहुनुभन्दा दुइ घन्टा अगावै अर्थात् बेलुकी साँढे चार बजे प्रवेशद्वारहरू खुला गरिएका थिए। त्यसपछि नेपथ्यको परम्परालाई निरन्तरता दिंदै निर्धारित समयमै अर्थात् घडीले ठीक साँढे छ बजाउने बित्तिकै कन्सर्ट सुरुभएको थियो।

ब्याण्ड मञ्चमा उभिनासाथ ‘कोशीको पानी’बाट सुरुभएको गीतहरुको क्रम त्यसपछि लगातार मध्यम र धिमा गतिका लोकरक सिर्जनाहरुबाट अघि बढ्दै गयो।
‘नेपथ्य मेरो सिँगै पुस्ताको प्रतिनिधित्व गर्ने ब्याण्ड हो,’ दर्शकमध्ये चर्चित उपन्यासकार सुबिन भट्टराइको प्रतिक्रिया थियो, ‘यसका गीतहरु सुनिरहँदा म आफ्नो युवा र किशोर कालमा पुगेको महशुस गर्छु। नेपथ्यको बारेमा लेखिएको पुस्तक पढिसकेर पनि होला कन्सर्टले तानेको।’

ब्याण्डको बाह्रौं प्रस्तुती ‘गाउँ गाउँबाट उठ’ देखि भने कार्यक्रम तीब्र गतिका गीतहरुमा प्रवेश ग¥यो।
‘यसरी हजारौं दर्शक, श्रोताहरुका बीचमा उभिएर नाच्दै, चिच्याउँदै कन्सर्टको मज्जा लिँदा बेग्लै रमाइलो हुँदोरहेछ,’ यसअघि बन्द कोठा भित्र बजेका नेपथ्य गीतहरु मात्र सुनेको अनुभव बोकेका र पहिलोपटक सपरिवार कन्सर्टमा उपस्थित भएका उपन्यासकार भट्टराइको भनाइ थियो, ‘नभएको उर्जा पनि आफुमा सञ्चार भएको महशुस गरेँ।’
उता इलामका इन्जिनियर सन्तोष श्रेष्ठ भने तन्नेरी वयमा साथीहरुसँग बसेर क्यासेट प्लेयर बजाउँदै नेपथ्यको गीत सुनेको क्षण सम्झना गर्दैथिए।

‘नेपथ्यका गीतमा सँगै बसेर रमाउने ती साथीहरु अहिले कता गए थाहा छैन,’ सन्तोष थपिरहेका थिए, ‘तर, कन्सर्ट हेरिरहँदा भने एकैछिन भए पनि त्यो समय फर्केर आएको महशुस हुँदोरहेछ।’
कन्सर्ट हेर्नकै लागि उपत्यकाको उत्तरपूर्वी कुनासम्म पुगेका दर्शकहरुको भिडमा विदेशी अनुहार पनि उत्तिकै देखिन्थ्यो। तिनैमध्ये एक वैवाहिक समारोहमा सरिक हुन इस्टोनियाबाट आएकी मारिया इभानोभो पनि थिइन्।
‘मलाइ मौलिक पहिचान बोकेका संगीतहरुमा असाध्यै रुची छ,’ उनले भनिन्, ‘त्यसबाहेक यो कन्सर्टमा गाइएका गीतहरु भित्रि मनैबाट निस्केका आवाज जस्तो लागिरहेको छ।’

अष्ट्रेलियाबाट अध्यनको लागि आएका जेम्स स्मिथ भने साथीहरुले यो कन्सर्टका बारेमा उल्लेख गरेपछि हेर्नआएको सुनाइरहेका थिए।
कन्सर्टमा मुख्य गायक अमृत गुरुङले सँधैजस्तै नेपालको सुन्दरताको बयान गर्दै स्वदेशको भ्रमण गर्न दर्शकहरुलाई प्रोत्साहित गरेका थिए। त्यस क्रममा उनले आफ्ना गीतहरु यात्राकै क्रममा संकलन गरिएको जानकारी पनि दिएका थिए।

‘विहानैदेखि झरीले गर्दा यत्रो ठूलो आयोजना अब के होला भनेर एकछिन आँत्तिएका थियौं,’ स्थानीय आयोजक संस्था 'ग्राउण्ड अफ इभेन्ट्स्' का श्याम श्रेष्ठ भन्छन्, ‘तर, नेपथ्यसँगको हाम्रो पहिलो सहकार्य चिताएको भन्दा पनि भब्य प्रस्तुती र उपस्थितीका साथ सम्पन्न भएको छ।’
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए।



तस्बिर साैजन्य : दिपित राज / नेपालय



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)