Kathmandu Press

मधेश प्रदेश सभाको चौथो अधिवेशन अन्त्य

प्रदेश प्रमुखको कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदेशसभाको चालु चौथो अधिवेशन चैत ३० गते राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरिएको जानकारी गराइएको छ।
मधेश प्रदेश सभाको चौथो अधिवेशन अन्त्य

जनकपुर,चैत ३१ : मधेस प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले चौथो अधविशेन अन्त्य गरेकी हुन्।

प्रदेश प्रमुखको कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदेशसभाको चालु चौथो अधिवेशन चैत ३० गते राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरिएको जानकारी गराइएको छ।

प्रदेशसभाको चौथो अधिवेशनबाट तीन वटा ऐनहरु पारित भएका छन् । प्रदेश बाल अधिकार ऐन २०७९ (पहिलो संशोधन), प्रदेश कृषि विकास विधेयक र मधेस पर्यटनको विकास र प्रवद्र्धन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन्।
 
प्रकाशित मिति: १५:३८ बजे, आइतबार, चैत ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्