Kathmandu Press

फाइलनमा नेपाल कुवेतसँग पराजित, उपाधिबाट चुक्याे

आइतबार भएको थ्रिलर फाइनलमा कुवेतसँग ३ रनले पराजित हुँदै नेपाल उपाधिबाट बञ्चित भएको हो।
फाइलनमा नेपाल कुवेतसँग पराजित, उपाधिबाट चुक्याे

काठमाडाैं, चैत ३१ : नेपाल हङकङमा जारी चारदेशीय टि–२० सिरिजको उपाधिबाट बञ्चित भएको छ। आइतबार भएको थ्रिलर फाइनलमा कुवेतसँग ३ रनले पराजित हुँदै नेपाल उपाधिबाट बञ्चित भएको हो।

नेपाल सिनियर लेबलमा पहिलो पकट कुवतेसँग पराजित भएको हो।

Hardik ivf

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल बाँकी छँदा १७१ रनमा अलआउट भयो। नेपालका टप अर्डर ब्याट्सम्यान धरासयी हुँदा नेपाल पराजित हुन बाध्य भयो। ९२–८को दयनीय अवस्थामा पुगेको नेपाललाई बासिर अहमद र नन्दन यादवले उत्कृष्ट ब्याटिङ गर्दै जित नजिक पु¥याएका थिए।

बासिरले ४३ बलमा ८ चौका र ४ छक्का मद्दतमा ८० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। यस्तै, अविश्वसीय ब्याटिङक गरेका नन्दनले १२ बलमा २ चौका र ४ छक्का मद्दतमा ३७ रन बनाएका थिए। 

यी दुईबाहेक आसिफ सेखले ११ बलमा ३ चौका र २ छक्का मद्दतमा २१ रन बनाए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। नेपालले पावर प्लेमै महत्वपूर्ण ४ विकेट गुमाएको थियो। 

नेपालको इनिङ धरासायी बनाउने क्रममा कुवेतका अनुदीप चेन्थामराले ३ तथा यासिन पटेल र नवीनराज राजेन्द्रनले समान २ विकेट लिए। 

त्यसअघि पहिला ब्याटिङ गरेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो। उसका लागि राविज सन्दवनले ३६ बलमा ६ चौका र ४ छक्का मद्दतमा ६३ रन बनाए भने क्लिन्टो एन्टोले २६ र उस्मान पटेलले २३ रन बनाए। 

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले समान २ विकेट लिए। 

प्रकाशित मिति: १४:५९ बजे, आइतबार, चैत ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्