Kathmandu Press

सुनको मूल्य निरन्तर उकालो लाग्दै 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। 
सुनको मूल्य निरन्तर उकालो लाग्दै 

काठमाडौं, चैत ३१ : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ। केही दिनयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। 

Hardik ivf

अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो। 

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: ११:१६ बजे, आइतबार, चैत ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्