Kathmandu Press

ललितपुर प्लेअफ पुग्ने पहिलो जित, बाहिरिने पहिले टिम बन्यो बुटबल

शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा बुटबल लुम्बिनी एफसीलाई २–०ले हराउँदै ललितपुरले १ खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो।
ललितपुर प्लेअफ पुग्ने पहिलो जित, बाहिरिने पहिले टिम बन्यो बुटबल

काठमाडाैं, चैत ३० : डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी नेपाल सुपर लिगको तेस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ।

शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा बुटबल लुम्बिनी एफसीलाई २–०ले हराउँदै ललितपुरले १ खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो।

Hardik ivf

५ खेलमा ललितपुरको ११ अंक भएको छ। अब उ लिगको अन्तिम खेलमा झापा एफसीसँग पराजित भएपनि प्लेअफमा पुग्ने छ। उसको क्वालिफायरमा पुग्ने सम्भावना बलियो छ।

यता, ललितपुरसँगको हारसँगै बुटबल लुम्बिनी एफसी भने प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। ५ खेलमा ४ खेल हारेको उसको १ अंक मात्र छ। अब उसले अन्तिम खेल पोखरा थन्डर्ससँग खेल्ने छ।

शनिबार ललितपुरलाई जित दिलाउन कप्तान अनन्त तामाङ र सन्तोष खत्रीले गोल गरे।

२३औं मिनेटमा अनन्तले ल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाए। उनले मणि लामाको कर्नरमा हेड मार्फत गोल गरेका थिए। त्यसपछि ८८औं मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो। इमोह इजेकेलको पासमा सन्तोषले गोल गरेका थिए।

प्रकाशित मिति: २२:३७ बजे, शनिबार, चैत ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्