Kathmandu Press

एनएसएलमा झापा र पोखराको पीडादायी बराबरी

शनिबार दशरथ रंगशाालमा भएको खेलमा झापा पोखरा थन्डर्ससँग १–१को बराबरीमा रोकिएको हो। याे बराबरीले दुवैकाे प्लेअफ सम्भावना कठीन बनाएकाे छ।
एनएसएलमा झापा र पोखराको पीडादायी बराबरी

काठमाडाैं, चैत ३० : नेपाल सुपर लिगमा झापा एफसीले लगातार चौथो बराबरी खेलेका छ। शनिबार दशरथ रंगशाालमा भएको खेलमा झापा पोखरा थन्डर्ससँग १–१को बराबरीमा रोकिएको हो। 

लागतारको चौथो बराबरीपछि झापाको प्लेअफ सम्भावना बाँकी नै छ। तर जित ननिस्कँदा भने उसलाई केही कठीन भएको छ। २ खेल खेल्न बाँकी छँदा ४ अंकसहित झापा छैठौं स्थानमा छ। झापाले प्लेअफ पुग्न दुवै खेल जित्नु पर्ने छ। 

यता, यो बराबरीले पोखराको प्लेअफ सम्भवाना भने लगभग सकिएको छ। ५ खेलमा ५ अंकसहित पोखरा पाँचौं स्थानमै छ। अब उसलाई प्लेअफ पुग्न अन्तिम खेलमा जित निकाल्नुपर्ने छ भने अन्य खेलको नतिजा पनि कुर्नुपर्ने छ।

प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता पोखराले लियो। ५१औं मिनेटमा स्टेफन समिर बिनोङले पोखराका लागि गोल गरेका थिए। ६५औं मिनेटमा झापाका अर्सिक लासरले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए। 

तर, त्यसपछि खेलमा थप गोल नहुँदा दुवै टिम अंक बाँड्न बाध्य भए।

प्रकाशित मिति: २०:०६ बजे, शनिबार, चैत ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्