Kathmandu Press

 हङकङसँगको खेल वर्षाले रद्द भएपछि नेपाल चारदेशीय सिरिजको फाइनलमा

जारी सिरिजको नेपाल र हङकङबीचको लिगको अन्तिम खेल वर्षाले बीचमै रोकिएपछि नेपाल फाइलनमा पुगेको हो। 
 हङकङसँगको खेल वर्षाले रद्द भएपछि नेपाल चारदेशीय सिरिजको फाइनलमा

काठमाडौं, चैत ३० : नेपाल चारदेशी टि–२० सिरिजको फाइनलमा पुगेको छ। 

जारी सिरिजको नेपाल र हङकङबीचको लिगको अन्तिम खेल वर्षाले बीचमै रोकिएपछि नेपाल फाइनलमा पुगेको हो। 

Hardik ivf

घरेलु टोलीसँगको खेल वर्षाले रोकिएपछि नेपाल २ जितसहित कुल ५ अंकससहित शीर्ष स्थानमा रह्यो। यसअघिका २ खेलमा नेपालले कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो।

यता, घरेलु टोली हङकङ तीन अंकसहित तेस्रो हुँदै फाइनल पुग्न असफल भयो।

नेपाल र हङकङबीचको खेल पहिलो इनिङको ९ ओभरमात्र सम्भव भएको थियो। उससमा पहिला ब्याटिङ गरेको हङकङले ३ विकेटको क्षतिमा ६८ रन बनाएको थियो। त्यसपछि भारी वर्षा भएपछि खेल रद्द भएको हो। 

अब भोलि हुने फाइनलमा नेपालले कुवेतसँग खेल्ने छ। कुवेत दोस्रो हुँदै फाइनल पुगेको हो। 

प्रकाशित मिति: १४:५० बजे, शनिबार, चैत ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्