Kathmandu Press

अमेरिका र हुथी विद्रोहीबीच तनाव, हवाई आक्रमणको चर्को विरोध

अमेरिकी बी–२ बमवर्षक विमानहरू यमनी हवाई क्षेत्रमा प्रवेश गरेको र धेरै प्रान्तहरूमा उडान गरेका थिए। तर आक्रमण गरेको भन्नेबारे पुष्टि भइसकेको छैन।
अमेरिका र हुथी विद्रोहीबीच तनाव, हवाई आक्रमणको चर्को विरोध

एजेन्सी । संयुक्त राज्य अमेरिका र हुथी विद्रोहीहरू बीचको तनाव बढेको छ। यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा अमेरिकी हवाई आक्रमण बढेपछि त्यसको विरोध सुरु भएको छ। शुक्रबार त्यहाँ विशाल प्रदर्शन गरिएको छ।

शुक्रबार साँझ यमनको हुथी समूहले विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले राजधानी साना र पश्चिमी अल हुदैदाह गभर्नरेटमा हवाई आक्रमण गरेको जनाएको छ। 

Hardik ivf

अमेरिकी बी–२ बमवर्षक विमानहरू यमनी हवाई क्षेत्रमा प्रवेश गरेको र धेरै प्रान्तहरूमा उडान गरेका थिए। तर आक्रमण गरेको भन्नेबारे पुष्टि भइसकेको छैन।

Photo-(3)-(49)-1744448022.jpg
 

अमेरिकी आक्रमणको विरोधमा शुक्रबार दक्षिणी सानाको सेभेन्टी स्क्वायरमा ठूलो विरोध प्रदर्शन भएको थियो। जहाँ प्रदर्शनकारीहरूले यमन र प्यालेस्टाइनको झण्डा उठाए र बढ्दो अमेरिकी हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए।

पछिल्लो हप्ता हुथी र अमेरिकी सेनाबीचको टकराव बढेको छ। अमेरिकी युद्धक विमानहरूले साना लगायत धेरै हुथी नियन्त्रित स्थानहरूमा बमबारी गरिरहेका छन्। अमेरिकी विमान वाहक युएसएस कार्ल भिन्सन लाल सागरमा आइपुगेको जनाइएको छ। 

Photo-(5)-(36)-1744448020.jpg
 

प्रकाशित मिति: १४:३९ बजे, शनिबार, चैत ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्