Kathmandu Press

हार्दिक आईभिएफले पायो आइएस‌ओ प्रमाणपत्र

निसन्तान दम्पत्तिहरूलाई भरपर्दो, सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्दै आएको हार्दिक आईभिएफले सेवा गुणस्तर, व्यवस्थापन प्रणाली र ग्राहक सन्तुष्टिमा उच्च मापदण्ड पूरा गरेबापत केन्द्रले यो प्रमाणपत्र पाएको हो।
हार्दिक आईभिएफले पायो आइएस‌ओ प्रमाणपत्र

काठमाडौं, चैत ३० : फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले आइएस‌ओ प्रमाणपत्र प्राप्त गरेको छ। आईभिएफले आफ्नो सेवा गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्दै आईएसओ ९००१ :  २०१५ प्रमाणपत्र प्राप्त गरेको हो।

निसन्तान दम्पत्तिहरूलाई भरपर्दो, सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्दै आएको हार्दिक आईभिएफले सेवा गुणस्तर, व्यवस्थापन प्रणाली र ग्राहक सन्तुष्टिमा उच्च मापदण्ड पूरा गरेबापत केन्द्रले यो प्रमाणपत्र पाएको हो।

Hardik ivf

केन्द्रमा वरिष्ठ चिकित्सकहरू डा. अर्चना शाक्य र डा. निसुमाले गर्भधारणसम्बन्धी समस्या भोगिरहेका धेरै दम्पतीलाई सफलतापूर्वक उपचार प्रदान गर्दै आएका छन्।

हाल हार्दिक आईभिएफले आर्थिक रुपमा कमजोर र आवश्यकतामा रहेका दम्पतीहरूका लागि निःशुल्क आईयुआई सेवा अभियान सञ्चालन गरेको छ। यो सेवा बैशाखभरी सञ्चालन हुने छ।

बिरामीहरूको सहजता र उपचार प्रक्रियालाई अझ प्रभावकारी बनाउन हार्दिक आईभिएफकैले उच्च गणस्तरको प्याथेलोजी सेवा समेत उपलब्ध गराउँदै आएको छ।

हार्दिक आईभिएफ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिंनामंगल चोकमा रहेको छ।

अन्तर्राष्ट्रिय स्तरको प्रविधि, अनुभवी विशेषज्ञहरू, सहज स्थान र उचित मूल्यमा उत्कृष्ट उपचार सेवा उपलब्ध गराउँदै आएको हार्दिक आईभिएफ अब नेपालमा विश्वस्तरीय फर्टिलिटी सेवा खोज्नेहरूका लागि एक भरोसायोग्य गन्तव्य बनेको छ।

प्रकाशित मिति: १४:३३ बजे, शनिबार, चैत ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्