Kathmandu Press

काठमाडौंलाई हराउँदै धनगढी शीर्ष स्थानमा

खेलमा अग्रता भने काठमाडौंले लियो। उसका अमादोउ डिओपले २२औं मिनेटमा गोल गरेका थिए।
काठमाडौंलाई हराउँदै धनगढी शीर्ष स्थानमा

नेपाल सुपर लिगको तेस्रो संस्करणको पहिलो ह्याट्रिक धनगढी एफसीका स्ट्राइकर अहमद हिजाजीले आफ्नो नाममा लेखाएका छन्। शुक्रबार साँझ दशरग रंगशालामा भएको काठमाडौं रेजर्सविरुद्धको खेलमा हिजाजीले ह्याट्रिक गरेका हुन्। 

उनको ह्याट्रिक मद्दतमा धनगढीले काठमाडौं रेजर्समाथि ३–१को जित निकाल्यो। उनले पहिलो हाफमा १० मिनेट अन्तरमा ह्याट्रिक गरेका थिए।

Hardik ivf

खेलमा अग्रता भने काठमाडौंले लियो। उसका अमादोउ डिओपले २२औं मिनेटमा गोल गरेका थिए। तर, ३५औं मिनेट हिजाजीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

४१औं मिनेटमा हिजाजीले नै गोल गर्दै टिमलाई २–१को अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा गर्दै हिजाजीले एनएसएलको पहिलो ह्याट्रिक पुरा गरे। त्यसपछि खेलमा गोल नहुँदा धनगढी विजयी भयो। 

यो जितपटि धनगढी शीर्ष स्थानमा उक्लिएको छ। उसको ४ खेलबाट ८ अंक भएको छ। समान अंक भएपनि ललितपुर सिटी गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ।

यो हारले काठमाडौंको प्लेअफ पुग्ने यात्रामा धक्का लागेको छ। उसको ५ अंक छ। काठमाडौंले अब चितवनसँग अन्तिम खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति: २१:०४ बजे, शुक्रबार, चैत २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्