Kathmandu Press

मादी नदीमा डुबेर बालकको मृत्यु

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मादी नदीमा डुबेर बालकको मृत्यु

तनहुँ, चैत २९ : तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा व्यास नगरपालिका–२ दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।

पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो।

बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा आज साँझ व्यास नगरपालिका–१ स्थित मादीसेती घाट नजिक शव भेटिएको प्रनाउ थापाले बताए।

प्रकाशित मिति: २०:४८ बजे, शुक्रबार, चैत २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्