Kathmandu Press

तोलामा ३९ सय बढ्यो सुनको मूल्य

बिहीबार प्रतितोला ५ हजार ७ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ३ हजार ९ सय रुपैयाँ बढेको छ।
तोलामा ३९ सय बढ्यो सुनको मूल्य

काठमाडौं, चैत २९ : नेपाली बजारमा सुनको मूल्य ठूलो मात्रमा बढेको छ। पछिल्ला दुई दिनमा नेपालमा सुनको मूल्य झन्डै १० हजार बढेको छ।

बिहीबार प्रतितोला ५ हजार ७ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ३ हजार ९ सय रुपैयाँ बढेको छ। योसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेको सुन  तोलाको १ लाख ८५ हजार पुगेको  छ। अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो।
 

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, चैत २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्