Kathmandu Press

बैशाख १ देखि बन्दीपुरमा “घुमाउने घर” संचालनमा आउने

अत्यन्तै सुन्दर पर्यटकीय बगैचाको बिचमारैथाने खानपिनको खास अनुभूति भन्ने नारा सहित स्थानीय रैथाने खानाका परिकारहरु पस्कने गरि “घुमाउने घर” २०८२ बैशाख १ गते देखि संचालनमा आउने भएको हो ।
बैशाख १ देखि बन्दीपुरमा “घुमाउने घर” संचालनमा आउने

काठमाडौं, चैत २८ : पहाडकी रानीका रुपमा परिचित तनहुँको बन्दीपुर केबलकारको बटम स्टेशनमा नयाँ बर्षदेखि “घुमाउने घर”  सञ्चालनमा आउने भएको छ ।

अत्यन्तै सुन्दर पर्यटकीय बगैचाको बिचमारैथाने खानपिनको खास अनुभूति भन्ने नारा सहित स्थानीय रैथाने खानाका परिकारहरु पस्कने गरि “घुमाउने घर” २०८२ बैशाख १ गते देखि संचालनमा आउने भएको हो । मगर संस्कृतिलाई प्रबर्धन गर्ने गरि मगर भेषभुषा, रहनसहन र परिकारहरुमा केन्द्रित गर्दै सेवा शुरु गरिन लागेको छ ।

Hardik ivf

 साथै नेवारी र अन्य रैथाने खाना र पेय पदार्थहरु समेत उपलब्ध गराउने “घुमाउने घर” रेस्टुरेन्टका व्यवस्थापक श्री माया थापा मगरले बताईन् । बन्दीपुर घुम्न आउने र पृथ्वी राजमार्गमा यात्रा गर्ने स्थानीय खानाका पारखीहरुलाई सुपथ मुल्यमा सेवा र सुबिधाहरु पस्कने “घुमाउने घरले” जनाएको छ ।

आकर्षक घुमाउने घर, परम्परागत घरहरु र कटेजहरुले सुन्दर रुपमा खाना बजारको झल्को दिने गरि सजावट गरिएको छ । घुमाउने घर बैशाख १ गते बाट शुभारम्भ भएपनि औपचारिक रुपमा भने बैशाख ६ गते उद्घाटन गरिने व्यवस्थापनले जनाएको छ  ।

रैथाने खाना बजार बनाउनको लागी बन्दीपुर केवलकारसंग यस पुर्वनै पूर्वाधार र ठाउँ भाडाको सम्झौता गरि यो रैथाने रेस्टुरेन्ट “घुमाउने घर” संचालनमा आउन लागेको हो  । 

प्रकाशित मिति: ०८:१३ बजे, शुक्रबार, चैत २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्