Kathmandu Press

पुतलीबजारमा २५७ जना किसानलाई हाते ट्याक्टर वितरण 

वडा न ३, ४, ५ र १४ का किसानहरुको माग बमोजिम कृषी यान्त्रिकरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा २५७ वटा मिनि टेलर हाते ट्याक्टर वितरण गरेको नगरपालिकाले जनाएको छ । 
पुतलीबजारमा २५७ जना किसानलाई हाते ट्याक्टर वितरण 

स्याङ्जा, चैत २८ : स्याङ्जाको पुतलीबजार नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । 

वडा न ३, ४, ५ र १४ का किसानहरुको माग बमोजिम कृषी यान्त्रिकरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा २५७ वटा मिनि टेलर हाते ट्याक्टर वितरण गरेको नगरपालिकाले जनाएको छ । 

Hardik ivf

हाते ट्याक्टर वितरण गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले लाभान्वित कृषकहरुलाई हाते ट्याक्टरको भरपुर उपयोग गरी कृषीबाट उद्यमशिल र व्यवसायिक बन्न अनुरोध गर्दै कसैको घरमा पनि हाते ट्याक्टर यत्तिकै नराख्न आग्रह गरे। कार्यक्रममा उप प्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना लगायतले हाते टयाक्टरका उपयोगीता र आवश्यकताका बारेमा जानकारी गराएका थिए । 

आर्थिक विकास समिति संयोजक एवं नगर प्रवक्ता मनोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृषी शाखा प्रमुख अरुण रेग्मीले गरेका थिए । यसअघि पनि वडा नं १०, ११ र १३ मा गरि १२० वटा टयाक्टर बितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।
 
प्रकाशित मिति: २१:०६ बजे, बिहीबार, चैत २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्