Kathmandu Press

एनएसएलमा ललितपुरले चितवनलाई हरायो

बिहीबार साँझ त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा भएको खेलमा एफसी चिवतनलाई १–०ले हराउँदै ललितपुर शीर्ष स्थानमा उक्लिएको हो। 
एनएसएलमा ललितपुरले चितवनलाई हरायो

काठमाडौं, चैत २८ : डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिउको छ।

बिहीबार साँझ त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा भएको खेलमा एफसी चिवतनलाई १–०ले हराउँदै ललितपुर शीर्ष स्थानमा उक्लिएको हो। 

Hardik ivf

ललितपुरको ४ खेलमा ८ अंक भएको छ। उसको यो दोस्रो जित हो। अन्य दुई खेलमा ऊ बराबरीमा रोकिएको थियो। 

यता, चितवनको भने यो पहिलो हार हो। यो हारपछि उसले शीर्ष स्थान गुमाएको छ। ऊ ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ।

खेलमा ललितपुरका लागि मणि लामा र इमोह इजेकेल गोल गरे। चितवनका लागि भिक्टोर मानसारले गोल गरेका थिए। 

खेलमा अग्रता पनि ललितपुरले नै लियो। खेलको तेस्रो मिनेटमा इजेकेलले गोल गरेका थिए। उनले मणि लामाको पासमा गोल गरेका थिए। यो जारी सिरिजका सार्वधिक छिटो गोल हो। 

७४औं मिनेटमा चितवनले बराबरी गोल फर्कायो। उसका विदेशी खेलाड िमानसारले गोल गरेका थिए। तर, बराबरी धेरैबेर कयम रहेन। ८०औं मिनेटमा मणि लामाले गोल गरेका थिए। 

प्रकाशित मिति: २१:०२ बजे, बिहीबार, चैत २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्