सुनको मूल्य तोलामै ५७ सय बढ्यो, कतिमा हुँदैछ कारोबार?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७ सय रुपैयाँले बढेको हो।
काठमाडौं, चैत २८ : नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७ सय रुपैयाँले बढेको हो।
बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोवार भइइरहेको छ।
प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










