Kathmandu Press

चारदेशीय सिरिज : कुवेतमाथि नेपालकाे कीर्तिमानी जित

लगातार दोस्रो जित निकाल्ले क्रममा नेपालले बिहीबार बिहान भएको खेलमा कुवेतलाई ६ विकेटले रहायो।
चारदेशीय सिरिज : कुवेतमाथि नेपालकाे कीर्तिमानी जित

काठमाडौं, चैत २८ : हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा नेपालले लागतार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित निकाल्ले क्रममा नेपालले बिहीबार बिहान भएको खेलमा कुवेतलाई ६ विकेटले रहायो।

पहिला ब्याटिङ गर्दै कुवेतले दिएको १८६ रनको ठूलो लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो। टि–२०आईमा नेपालले चेज गरेको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो। यसअघि नेपालले मलेसियाविरुद्ध १६६ रन चेज गरेको थियो।

Hardik ivf

नेपाललाई सहज जित दिलाउन दुवै ओभपर कुशल भुर्तेल र आसिफ सेखले अर्धशतकीय योगदान दिए। कुशलले सर्वाधिक ८१ रन बनाए। उनले ५० बलमा समान ६ चौका र छक्का प्रहार गरे। यस्तै आसिफले ३८ बलमा २ चौका र ४ छक्का मद्दतमा ५३ रन बनाए। 

यी दुईले पहिलो विकेटका कीर्तिमानी १२७ रनको साझेदारी गरेका थिए। यो नेपालको टि–२० आईको पहिलो विकेटको सर्वाधिक ठूलो साझेदराी हो। यसअघि नेदरल्यान्ड्सविरुद्ध यी दुवैले ११६ रनको साझेदारी गरेका थिए।

यी दुई बाहेक नेपालका दीपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र ३ छक्का मद्दतमा ३१ रन बनाए। बलिङमा कुवेतका यासिन पटेलले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कुवेतले ८ विकेटको क्षतिमा १८५ रन बनायो। उसका लािग क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मित भवसरले ३५, बिलाल ताहिरले ३२ र रविज सन्दरुवनले २६ रन बनाए।

बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विवेट लिए। यस्तै ललित राजवंशी र कुशल भुर्तेलले पनि समान १ विकेट लिए।

यसअघि नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो। 

प्रकाशित मिति: १०:५० बजे, बिहीबार, चैत २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्