Kathmandu Press

टी–२० आई सिरिजमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने 

बिहीबार हङकङको टिनक्वाङ रोड रिक्रिएसनग्राउन्डमाहुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजे सुरु हुनेछ । यो चारदेशीयटी–२० आई सिरिजको तेस्रो खेल हो ।
टी–२० आई सिरिजमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने 

काठमाडौं, चैत २८ : हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । 

बिहीबार हङकङको टिनक्वाङ रोड रिक्रिएसनग्राउन्डमाहुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजे सुरु हुनेछ । यो चारदेशीयटी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठविकेटले पराजित गरेको थियो, भने बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो । 

Hardik ivf

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको थियो । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । 

यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोलीपहिलो जितको खोजीमा हुने छन् ।

प्रकाशित मिति: ०८:२० बजे, बिहीबार, चैत २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्