नेपाल सुपर लिग : आज चितवन र ललितपुर भिड्दै
प्रतियोगितामा दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आजको खेलमा चितवन तेस्रो जितको खोजीमा रहँदा ललितपुर दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
काठमाडौं, चैत २८ : नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज एफसी चितवन र ललितपुर सिटीएफसी भिड्दै छ । खेल बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।
प्रतियोगितामा दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आजको खेलमा चितवन तेस्रो जितको खोजीमा रहँदा ललितपुर दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । चितवनले दुईमा जित र एकमा बराबरी गर्दै सात अङ्क जोडेको छ, भने ललितपुरले एक जित र दुई बराबरी सहित पाँच अङ्क निकालेको छ ।
जारी प्रतियोगितामा एफसीचितवन, ललितपुर सिटीएफसी, पोखरा थन्डर्स, धनगढीएफसी, काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी रहेका छन् ।
प्रकाशित मिति: ०७:५७ बजे, बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार