Kathmandu Press

स्ववियु निर्वाचन : मणिलेकमा नेविसङ्घको प्यानलै विजयी

अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई पराजित गर्दै नेविसङ्घका उम्मेदवार विजयी भएका हुन्।
स्ववियु निर्वाचन : मणिलेकमा नेविसङ्घको प्यानलै विजयी

बैतडी, चैत २७ : सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मणिलेक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको प्यानलै विजयी भएको छ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई पराजित गर्दै नेविसङ्घका उम्मेदवार विजयी भएका हुन्।

सभापतिमा नेविसङ्घका मनोजदत्त ओझा विजयी भए। उनले ४८ मत प्राप्त गरे। उहाँका प्रतिद्वन्द्वी अनेरास्ववियुका सरोज भट्टले ३७ मत र अखिल क्रान्तिकारीकी कल्पना भट्टले २१ मत प्राप्त गरे।

सचिवमा दर्शन नेगी, कोषाध्यक्षमा पुजा चन्द विजयी भएका छन्।

योसँगै मणिलेक बहुमुखी क्याम्पसमा नेविसङ्घले तेस्रो पटक स्ववियू निर्वाचनमा जित हासिल गरेको हो। १२५ मतदाता रहेको क्याम्पसमा एक सय ११ मत खसेको निर्वाचन अधिकृत भवानी सिंह नायकले बताए।

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, चैत २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्