Kathmandu Press

३९ दिनमा ‘कुस्ती’ को इन्डक्लयाप

फिल्ममा धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसीलगायको अभिनय छ।
३९ दिनमा ‘कुस्ती’ को इन्डक्लयाप

काठमाडौं, चैत २७ : काठमाडौं तथा आसपासका क्षेत्रमा छायाकंनरत फिल्म ‘कुस्ती’ को इन्डक्ल्याप गरिएको छ।

३९औं दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए। प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्ष गर्न बाध्य जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने निर्देशक योञ्जनले बताए।

‘कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो। भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो,’ उनले भने।

Hardik ivf

निर्देशक योञ्जनले निर्धारित सेयुल अनुसार नै फिल्मको छायांकन सकिनुमा यसमा सङ्लग्न कलाकार र प्राविधिकको कार्य कौशलता महत्वपूर्ण रहेको बताए।

फिल्ममा धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसीलगायको अभिनय छ।

एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली फिल्म हो। खुस्मापछि उनीहरूले सहकार्य गरेका हुन्।

फिल्ममा उमंग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन रहेको छ।

फिल्म आगामी भदौमा प्रदर्शन गर्ने तयारी छ ।

 

प्रकाशित मिति: १६:२२ बजे, बुधबार, चैत २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्