Kathmandu Press

चट्याङ लागेर झापामा एक जनाको मृत्यु

घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दुधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर झापामा एक जनाको मृत्यु

झाप, चैत २७ : झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ।

घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दुधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको अधिया खेती गर्दै आएका थिए ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:१५ बजे, बुधबार, चैत २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्