Kathmandu Press

पूर्वका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ

मोरङको बिराटनगर महानगरपालिका–१५ बाट सुनसरी धरान–८ का १९ बर्षीय समन न्यौपाने र १९ बर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको हो।
पूर्वका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ

मोरङ, चैत २७ : झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको मेचिनगर नगरपालिका–६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी  नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १  ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो। 

Hardik ivf

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१५ बाट सुनसरी धरान–८ का १९ बर्षीय समन न्यौपाने र १९ बर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको हो।

त्यस्तै उदयपुरको बेलका नगरपालिका–९ बाट को.३९प. ५६४९ नम्बरको स्कुटर चालक बेलका–३ का २६ बर्षीय मुस्कान राई र पछाडी सवार २१ बर्षीय खम्ब बहादुर दाहाललाई ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम सहित इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो। 

त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभुमी गाउँपालिका–७ की ४२ बर्षीया ईन्दिरा राई र ४९ बर्षीया सिता कार्कीलाई २० किलोग्राम गाँजा सहित पक्राउ गरेको छ। 
लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीमबहादुर दाहालले जानकारी गराएका छन्।
 

प्रकाशित मिति: १३:१२ बजे, बुधबार, चैत २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्