Kathmandu Press

चार देशीय सिरिज : उद्घाटन खेलमा नेपालले कतारलाई ८ विकेटले हरायाे

पहिला ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको मध्यम लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
चार देशीय सिरिज : उद्घाटन खेलमा नेपालले कतारलाई ८ विकेटले हरायाे

काठमाडाैं, चैत २७ : हङकङमा आजबाट सुरु भएको चार देशीय टि–२० सिरिजमा नेपालले सानदार सुरुआत गरेको छ। सिरिजको उद्घाटन खेलमा नेपालले कतारमाथि ८ विकेटको सहज जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको मध्यम लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपाललाई कुशल भुर्तेल र आसिफ सेखले ८१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए।  कुशलले  १९ बलमा ४ चौका र ३ छक्का मद्दतमा २८ रन बनाउँदा आसिफले २१ बलमा ४ छक्का मद्दतमा ३३ रन बनाए। 

Hardik ivf

यस्तै, कप्तान रोहितकुमार पौडेलले २९ बलमा ३७ रन बनाउदा बसिर अहमदले ३३ बलमा ३० रन बनाए। यी दुईले पनि तेस्रो विकेटका लागि ६२ रनेका साझेदारी गरेका थिए।

बलिङमा कतारका मुजिबर उर रेहमनले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ कतारले ५ विकेटको क्षतिमा १५१ रन बनाएको थियो। उसका कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५४ रन बनाए भने साहजइब जमिलले २१बलमा ३१ रन बनाउँदा रेहमनले २० र मोहम्मद इर्शादले ७ बलमा १८ रन बनाए।

बलिङमा नेपालमा करण केसी, सोमपाल कामी, गुल्सन झा, ललित राजवंशी र नन्दन यादवले समान १ विकेट लिए। यही खेलमार्फत नन्दनले नेपाली राष्ट्रिय टिममा डेब्यू गरे। उनले विकेट लिँदै डेब्यूलाई सुखद पनि बनाए। 

अब नेपालले भोलि कुवेतसँग खेल्ने छ।

प्रकाशित मिति: ११:४० बजे, बुधबार, चैत २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्