Kathmandu Press

मौरीले टोकेर एक जनाको मृत्यु

पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ।
मौरीले टोकेर एक जनाको मृत्यु

तानसेन, चैत २६ : पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ।

बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको आज खागमौरीले टोकेर मृत्यु भएको हो।

कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खागमौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए।

खागमौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए । शनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

विश्वकर्माले आर्यभञ्ज्याङमा आरन व्यवसाय गर्दै आएका थिए। 

उनी खाना खान घर जाने क्रममा बाटोमा  खागमौरीको समूहले टोकेको बगनासकाली–२ का वडाध्यक्ष तीर्थप्रसाद भट्टराईले बताए।

प्रकाशित मिति: २०:२१ बजे, मंगलबार, चैत २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्