Kathmandu Press

प्रदेश २ मा २४ सय १० जनाको स्वाब नमूना संकलन

जनकपुरधाम, वैशाख २१ : प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना संकलन निरन्तररूपमा भइरहेको छ। यस प्रदेशमा शनिबार मध्याह्....

प्रदेश २ मा २४ सय १० जनाको स्वाब नमूना संकलन

जनकपुरधाम, वैशाख २१ : प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना संकलन निरन्तररूपमा भइरहेको छ। यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना संकलन गरिएको छ। सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५०० जनाको रिपोर्ट आउन बाँकी छ।

यसअघि कोरोना प्रमाणित भएका १२ मध्ये चार उपचारपछि घर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए।

यस प्रदेशमा चौबीस घण्टादेखि आरडिटी परीक्षण गरिएको छैन। यसअघि यस प्रदेशको आठवटै जिल्ला गरी पाँच हजार २२३ को सो परीक्षण गरिएको थियो। प्रदेशमा शनिबारसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन्।

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, वैशाख २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्