Kathmandu Press

केसी उपरथी र राणा सहायक रथीमा बढुवा 

नेपाली सेनाका सहायक रथी किरण केसी उपरथीमा बढुवा भएका छन्।
केसी उपरथी र राणा सहायक रथीमा बढुवा 

काठमाडौं, चैत २६ : नेपाली सेनाका सहायक रथी किरण केसी उपरथीमा बढुवा भएका छन्।

उपरथी सागरबहादुर थापा अनिवार्य अवकास भएपछि रिक्त स्थानमा केसीलाई बढुवा गरिएका हो। 

सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुरुप मंगलबार केसीको बढुवा सार्वजनिक  भएको हो।

उनी सैनिक कल्याणकारी निर्देशनालयका निर्देशकको रुपमा कार्यरत थिए।

केसीसँगै सहायक रथीमा अनुपविक्रम राणा बढुवा भएका छन्। सेनाका उपरथी प्रेमध्वज अधिकारीको पाकिस्तानको स्लामावाद भ्रमण स्वीकृत गर्ने पनि निर्णय समेत गरिएको छ। 

 

प्रकाशित मिति: २०:१० बजे, मंगलबार, चैत २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्