Kathmandu Press

राजमोको मंगलबार पनि राजधानी केन्द्रित सडक प्रदर्शन 

संघीयता धेरै खर्चिलो भएका कारण मुलुकले धान्न नसक्ने बताउँदै अभिषाप भएको ठहर गरेको छ।
राजमोको मंगलबार पनि राजधानी केन्द्रित सडक प्रदर्शन 

काठमाडौं, चैत २६ : चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा (राजमो) ले मंगलबार पनि संघीयता खारेजीको मागसहित काठमाडौंको सडकमा प्रदर्शन गरेको छ।

संघीयता धेरै खर्चिलो भएका कारण मुलुकले धान्न नसक्ने बताउँदै अभिषाप भएको ठहर गरेको छ।

Hardik ivf

संघीयता विरुद्धको संघर्ष तत्कालका लागि कम्तिमा प्रादेशिक संरचना खारेज नभएसम्म जारी रहने राजमोले बताउँदै आएको छ । यही चैत २४ गते आइतबारदेखि ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, सङ्घीयता खारेज गरौं’  भन्ने नारा सहित राजधानी केन्द्रित आन्दोलन गरिएको हो । राजमोले तत्कालका लागि प्रदेश संरचना खारेजीको अभियान सहित आन्दोलनमा उत्रेको छ। 

राजमोले नेपाल जस्तो सानो, पिछडिएको, आर्थिक दृष्टिकोणले कमजोर मुलुकमा सङ्घीयता देश र जनताको हितमा नभएको, स्थानीय निकायहरूलाई थप सुदृढ र अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकतामा जनमोर्चाको जोड छ।

गणतन्त्र र राष्ट्रियताको रक्षामा जुट्न  र सङ्घीयतालाई खारेज गर्नका लागि व्यापक रूपले संघर्षमा एकतावद्ध हुन जनमोर्चाले जनसमुदायलाई आग्रह समेत गरेको छ।

राजधानी केन्द्रीत आन्दोलनमा राजमोले देशैभरबाट पार्टीप्रति आश्था राख्ने विभिन्न समुदाय एवम् कार्यकर्ता सडकमा उतारेको छ । सोहीक्रममा मंगलबार पनि राजधानीका सडकमा विभिन्न नारा, प्लेकार्ड, व्यानर र झाँकीसहित सडक प्रदर्शन गरियो । पार्टीले चैत्र २४ गतेदेखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम गर्ने जनाएको थियो।

प्रदूषणका कारण आन्दोलनका कार्यक्रम दुई दिन घटाएको पार्टीले बताएको छ । 

 

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, चैत २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्