Kathmandu Press

बार निर्वाचनमा लोकतन्त्रवादी समूहका मिश्र दोब्बर मतले अघि

नेपाली कांग्रेस निकट अध्यक्षका उम्मेदवार मिश्रले पछिल्लो मत परिणाम अनुसार एक हजार दुई ९५ मत प्राप्त गरेका छन्।
बार निर्वाचनमा लोकतन्त्रवादी समूहका मिश्र दोब्बर मतले अघि

काठमाडौं, चैत २६ : नेपाल बार एसोसिएसनको निर्वाचनमा लोकतन्त्रवादी समूहका विजयप्रसाद मिश्र दोब्बर मतसहित अघि बढेका छन्।

नेपाली कांग्रेस निकट अध्यक्षका उम्मेदवार मिश्रले पछिल्लो मत परिणाम अनुसार एक हजार दुई ९५ मत प्राप्त गरेका छन्। माओवादी निकट अध्यक्षका उम्मेदवार रमनकुमार श्रेष्ठले ६८२ मत पाएका छन्। 

मिश्र कांग्रेस र एमालेको गठवन्धनबाट अध्यक्षका प्रतिश्पर्धी हुन् ।  श्रेष्ठ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकटका कानुन व्यवसायीको साझा उम्मेदवार हुन्। 

केही बेर अघिको मत परिणाम अनुसार मिश्रले जनकपुरमा ९८, नवलपरासीमा २६, कपिलवस्तुमा ३१, रुपन्देहीमा ८४, पाल्पामा ४९ मत ल्याएका छन्। 

श्रेष्ठले जनकपुरमा ४०, नवलपरासीमा १३, बुटवलमा ३१, कपिलवस्तुमा ५, रुपन्देहीमा २४, पाल्पामा १३ मत ल्याएकमे निर्वाचन समितिले जनाएको छ। 

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, चैत २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्