Kathmandu Press

स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण 

परीक्षणका लागि चैत २५ गतेसम्ममा ८४६ जना महिलाहरुको नाम दर्ता भएको छ,  उनीहरूमध्ये ६१३ जनाको परीक्षण भइसकेको छ। परीक्षण गरिएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ। 
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण 

काठमाडौं, चैत २६ : एक हप्तासम्म परीक्षण गरिएका महिलाहरुमध्ये ४८ जनामा एचपिभी डिएनए पोजेटिभ देखिएको छ। 

काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गते थालेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षणका क्रममा चैत १८ गतेसम्मको रिपोर्टमा यस्तो अवस्था देखिएको हो। 

Hardik ivf

परीक्षणका लागि चैत २५ गतेसम्ममा ८४६ जना महिलाहरुको नाम दर्ता भएको छ,  उनीहरूमध्ये ६१३ जनाको परीक्षण भइसकेको छ। परीक्षण गरिएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ। 

वंशानुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि बल्ल सम्पर्कमा आएका र यस वर्षको प्रारम्भिक परीक्षणका क्रममा थप जाँच गर्नु पर्ने देखिएका महिलाहरुको स्तनको मेमोग्राम गरिएको हो। 

परीक्षण गरिएकामध्ये २२ जनामा स्त्री तथा प्रसुतिसँग सम्बन्धित समस्या देखिएको छ। चैत १२ गतेदेखि परीक्षण सुरु भएको हो। त्यस यता सबैभन्दा धेरै परीक्षण भएका दिनमा १२६ जनाको जाँच गरिएको छ।  

प्रारम्भिक उपचार २०८२ बैशाख १२ गतेसम्म सञ्चालन हुनेछ। गएको वर्ष गरिएको परीक्षणका क्रममा छुटे का ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह छन्। 

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा फाइन्ड निडल एस्पिरिसन (एफएनएसी) मा पठाइन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ। पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ। यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ। 

यो शिविर महानगरपालिकाको दोस्रो संस्करण हो। पहिलो संस्करण २०८१ वैशाख ३ गते सुरु भएर त्यस महिनाभरि वडाहरुमा चलाइएको थियो। 
 

प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, चैत २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्