Kathmandu Press

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६ सय नाघ्यो

म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ। 
म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६ सय नाघ्यो

एजेन्सी, चैत २६ : म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या संख्या ३,६०० पुगेको छ भने ५,०१७ जना घाइते भएका छन् र १६० जना अझै बेपत्ता छन्।

म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ। 

मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार आइतबारसम्म २.८ देखि ७.५ म्याग्निच्युडसम्मका जम्मा ८९ वटा परकम्पहरू रेकर्ड गरिएका छन्। 
 
प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, चैत २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्