Kathmandu Press

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। 
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

डोटी, चैत २५ : डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका-३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

जनजागरण सामुदायिक वनमा सडेगलेका काठ संकलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी गर्न लैजाँदै गरेको बाप्र ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सवारी अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको छ। गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको हो।

सोही ट्रकमा सवार रहनुभएका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको छ। 

ट्रक चालक बडिकेदार गाउँपालिका–२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:४४ बजे, सोमबार, चैत २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्