Kathmandu Press

हङकङमा हुने टी–२० सिरिजका लागि नेपाली टिमको बिदाई

प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।
हङकङमा हुने टी–२० सिरिजका लागि नेपाली टिमको बिदाई

काठमाडौं, चैत २५ : हङकङमा आयोजना हुने चार देशीय टि–२० सिजिका नोपली राष्ट्रिय क्रिकेट टिमको बिदाई गरिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टिमलाई बिदाई गरेको हो । 

अप्रिल ९ देखि १३ सम्म हुने चार देश सम्मिलिन सिरिजमा नेपालसँगै हङकङ, कतार र कुवेत छन्।

प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।

नेपाली टिममा यो सिरिजमा ज्ञानेन्द्र मल्लल प्रशिक्षका रुपमा हुनेछन्। मुख्य पशिक्षक स्टुआर्ट ल नियुक्त भएपनि उनको कागजी प्रक्रिया नमिलेका कारण ज्ञानेन्द्रले प्रशिक्षकको जिम्मा पाएका हुन्।

टिममा नन्दन यादवले पहिलो पटक मौका पाउँदा बासिर अहमद र साहब आलमले पनि २ वर्षपछि टिममा पुनरामगन गरेका छन्। 

नेपाली टिम ः रोहितकुमार पौडेल –कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बासिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल। 

प्रकाशित मिति: १६:१६ बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्