Kathmandu Press

आईपीएल क्रिकेटमा गुजरातले हैदराबादलाई सात विकेटले हरायो

हिजोको खेलमा हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका कप्तान सुभमन गिलले अविजित ६१ रन बनाए ।
आईपीएल क्रिकेटमा गुजरातले हैदराबादलाई सात विकेटले हरायो

काठमाडौं, चैत २५ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ ।

हिजोको खेलमा हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका कप्तान सुभमन गिलले अविजित ६१ रन बनाए ।

Hardik ivf

हैदराबादका मोहम्मद शमीले दुई विकेट लिए । त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रन बनाएको थियो ।

हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन बनाए । गुजरातका मोहम्मद सिराजले सर्वाधिक चार विकेट लिए । हैदराबादले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै विजयी शुरुआत गरे पनि  त्यसयताका चार खेलमा लगातार हार बेहोर्दै अङ्क तालिकाको पुछारमा रहेको छ ।

पहिलो खेलमा पञ्जाबसँग हारेको गुजरातको भने यो लगातार तेस्रो जीत हो । गुजरात ६ अङ्कसहित दोस्रो स्थानमा छ । समान अङ्क भएको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।

आईपीएलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दैछन् । 

प्रकाशित मिति: ०८:३६ बजे, सोमबार, चैत २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्