Kathmandu Press

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

दुर्घटनामा मालारानी–४ का जीपचालक २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको छ ।
अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

अर्घाखाँची, चैत २४ : अर्घाखाँचीको मालारानीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप अनियन्त्रित भई आज विहान दुर्घटना भएको हो।

दुर्घटनामा मालारानी–४ का जीपचालक २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए। 

दुर्घटनामा मालारानी–४ का अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन्। ती घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ‘रेफर’ गरिएको छ।

जीप सडकबाट झन्डै २०० मिटर तल खसेको थियो। 

प्रकाशित मिति: १३:५१ बजे, आइतबार, चैत २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्